wso shell sunucu tara alexa sorgulama hacklink base64 encode
Welcome to MID-WESTERN UNIVERSITY
  • Birendranagar 9,Naulapur, Surkhet, Nepal
  • 977-83-525444
  • info@mwu.edu.np

Latest Form MWU

समाचार/Latest News

२०७३ भाद्र २१

साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि

मध्यपश्चिमान्चल विश्वविद्यालयले मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधिबाट सम्मान गरेको छ ।
राजधानीमा विश्वविद्यालयले सोमबार आयोजना गरेको विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झमकलाई सो उपाधि अर्पण गर्नुभएको हो ।

उपाधि पाएपछि झमक घिमिरे साहित्य कला प्रतिष्ठानकी काठमाडौं संयोजक अनिता लामाले झमकको लिखित मन्तव्य पढेर सुनाउनु भएको थियो । पत्रमा झमकले आफूले विद्यावारिधि पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ । विद्यालय भर्ना भएर आफूले कहिल्यै पढ्न नपाए पनि प्रकृतिको अध्ययन गरेर पनि धेरै कुरा सिक्न सकिँदो रहेछ भनेर जीवनयात्रामा जानेको उनको मन्तव्यमा लेखिएको छ ।

सुर्खेतमा रहेको विश्वविद्यालयले गत जेठ २६ गते उनलाई मानार्थ विद्यावारिधि दिने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न विश्वविद्यालयको पाँचौं सभाले विद्यावारिधिको उपाधि दिने प्रस्ताव पारित गरेको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य र शिक्षा एकै सिक्काको दुई पाटो भएको चर्चा गर्दै झमकको प्रतिभाले सिंगो नारी जगत्लाई नै अभिप्रेरित गरिरहेको बताउनु भयो ।

यस्तै, विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री प्रचण्डले झमक जस्तो प्रेरणादायी प्रतिभालाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको उल्लेख गर्नुभयो ।

झमकले आफ्नो संघर्षपूर्ण जीवनको बारेमा लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ ले ०६८ सालको मदन पुरस्कार पाएको थियो । सो कृति अंग्रेजी, चिनियाँ, आसामी, हिन्दी लगायत विभिन्न भाषामा अनुवाद भइसकेको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै सांसद, मन्त्रीहरुको समेत सहभागिता थियो।

२०७३ भाद्र ९

स्व.वि.यू. निर्वाचनको मिति परिवर्तन

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, केन्द्रीय क्याम्पसको घोषित स्व.वि.यू. निर्वाचन तोकिएको मितिमा सम्पन्न हुन नसकेकोले,सम्पूर्ण विद्यार्थी सङ्गठनहरूको केन्द्रीय नेतृत्व लगायतको सहमतिमा कार्यकारी परिषद्को बैठकको निर्णयानुसार निर्वाचनको नयाँ मिति २०७३ भाद्र १२ गते तोकिएको छ । यस अघि तोकिएको भाद्र ८ गतेमा निर्वाचन सम्पन्न हुन नसकेपछि र कार्यकारी परिषदले तोकेको भाद्र १३ गतेको अर्को मितिमा पनि विद्यार्थी संगठनहरू एकमत हुन नसकेपछि बुधवार विश्वविद्यालयको विस्तारित कार्यालयमा विद्यार्थी संगठनका केन्द्रीय नेतृत्वहरूसँगको बैठकले कार्यकारी परिषदलाई निर्वाचनको नयाँ मिति निर्धारण गर्ने सहमतीय निर्णय भएपछि वुधबार नै कार्यकारी परिषदले निर्वाचनको यो मिति तय गरेको हो । यस अघि गठन बहेको निर्वाचन समितिका संयोजक गणेश बहादुर कार्कीले बैठकमा राजिनामा दिए पछि सो स्वीकृत गरी नयाँ निर्वाचन समिति समेत गठन गरिएको छ । उक्त समितको नयाँ संयोजकमा इन्जिनियरिङ सङ्कायका नि. डीन ई. अनन्तराज घिमिरे तोकिएका छन् भने सदस्य सचिवमा मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसका क्यापम्स प्रमुख आनन्द प्रसाद सुवेदी रहेका छन् । त्यसैगरी अन्य सदस्यहरूमा व्यवस्थापन केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख वीर वहादुर पौडेल, सहायक क्याम्पस प्रमुख अमृत शर्मा गैरे, शिक्षाशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद आचार्य र सहायक क्याम्पस प्रमुख विक्रम बहादुर खडका र विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद चपाई रहेका छन् । 
यस अघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षतामा विश्वविद्यालयमा क्रियाशील विद्यार्थी संघ/संगठनका केन्द्रीय नेतृत्वसंगको बैठक सम्पन्न भएको थियो । बैठकमा नेक्राविसंघका केन्द्रीय अध्यक्ष निरज लवजु, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष सुनिता बराल, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष गंगाराम तिमिल्सिना र पन्चा सिंह, नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री सरोज कुमार थापा, अनेरास्ववियुका केन्द्रीय महासचिव ऐन महर, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सचिव राम बहादुर बि.क., अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य भिष्म कुमार शाही, र प्रकाश शाही, नयाँ शक्ति विद्यार्थी युनियनका सचिवालय सदस्य एवम् प्रदेश न. ६ का संयोजक टंकप्रसाद धमला, नेविसंघका केन्द्रीय सदस्य अनिल कुमार शाही, नेक्राविसंघका केन्द्रीय सदस्य कुमार बिक्रम शाही, अनेरास्ववियु (छैठौ)का केन्द्रीय सदस्य हस्तराज रेग्मी, नेविसंघका जिल्ला अध्यक्ष विवेक आचार्य, अनेरास्ववियु (छैठौ)का सुर्खेत जिल्ला सचिव हरी बहादुर बुढा, रा.प्र.वि.संघ नेपालका जिल्ला संयोजक प्रेम विसी र मध्यपश्चिमाञ्चल विश्वविद्यालय संयोजक उत्तम गिरी लगायतको उपस्थिति रहेको थियो ।

२०७३ भाद्र १

अमेरिकन फुलब्राइट स्कलरको बिदाई

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायको आयोजनामा अमेरिकन फुलब्राइट कमिसन र युनिभर्सिटी अफ पिट्सवर्ग, अमेरिकाका असोसिएट प्रोफेसर डा. जेम्स ज्याकबको आज एक कार्यक्रमकाविच विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लको  अध्यक्षतामा विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्र कुमार मल्लले जेम्स ज्याकबलाई विश्वविद्यालयमा स्वागत गर्न पाउँदा खुसि भएको र विश्वविद्यालयलाई उचाई प्रदान गर्न सहयोग गर्ने विश्वास प्रकट गर्नुभयो। मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निमन्त्रणामा उक्त कार्यक्रममा आएका मुख्य वक्ता एवम् सहजकर्ता युनिभर्सिटी अफ पिट्सवर्ग, अमेरिकाकाका असोसिएट प्रोफेसर डा. जेम्स ज्याकबद्वारा नेपाल आउनु आफ्ना लागि गौरबको कुरा भएको व्यक्त गर्नुभयो। 

Events

२०७३ असोज ०२

इन्जिनियरिंग संकाय भर्ना समितिको सुचना

यस मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिंग संकायद्वारा मिति २०७३ साल भाद्र ११ गते संचालित बि.ई. प्रवेश परीक्षाको दोस्रो भर्ना सुचि मिति २०७३ आश्विन ४ गते बेलुका ५ः०० बजे गरिने व्यहोरा सुचित गरिन्छ ।

September 13, 2016

Rescheduled BBA Admission Notice for Second Shift

Mid-Western University School of Management (MUSOM)

Surkhet

Rescheduled BBA Admission Notice for Second Shift

MUSOM is an autonomous unit of Mid-Western University which is at present running Master in Business Administration (MBA) and Bachelor in Business Administration (BBA). MUSOM has been taking aggressive steps with international standard curriculum and rigorous learning process in support of highly competent instructors to deliver the high quality education in the field of management.

 

 

 MUSOM proudly invites applications from all interested candidates who are eligible for enrolment in Fifth Batch (second shift) (2073) of Bachelor in Business Administration (BBA).

  • Eligibility: 10+2 in any discipline with a minimum of 45percent in aggregate or CGPA of 2.0 on the scale of 4.0.
  • Rescheduled Last Date of Submission of Application form: 26th of September, 2016 (Aswin 10, 2073).
  • Rescheduled Written Test: 28th of September, 2016 (Aswin 12, 2073); Time 7.00 AM to 8.30 AM 
  • Entrance Result Publication:  30th of September, 2016 (Aswin 14, 2073); Time 7.00 AM  
  • Orientation Class: 30th of September, 2016, (Aswin 14, 2073); Time 2.00 PM  
  • Required Documents: Certificates of SLC, 10+2, or equivalent e. g A- Level
  • Application forms are available at the Front Desk Office of MUSOM or which can be downloaded from official Website of Mid-Western University: www.mwu.edu.np and can be obtained after paying Rs. 500.
  • For further information please visit the MUSOM office (from 6.00 AM to 6.00 PM) hour or personally contact the Program Coordinators and Program Director.

Office Contact Number: 083-525352

Program Coordinator (BBA): 9844912100

Program Coordinator (MBA):9868227114

Documentation Coordinator: 9860451483

IT Coordinator: 9858052601  

 

Program Director  

Narayan Prasad Paudel, Ph. D 

MUSOM

Birendranagar 8, Ittram, Surkhet

Slogan of the MUSOM “Inspiring Leadership”  

 

 

                               

September 4, 2016

BBA Admission Notice for Second Shift

Mid-Western University School of Management (MUSOM)

Surkhet

BBA Admission Notice for Second Shift

MUSOM is an autonomous unit of Mid-Western University which is at present running Master in Business Administration (MBA) and Bachelor in Business Administration (BBA). MUSOM has been taking aggressive steps with international standard curriculum and rigorous learning process in support of highly competent instructors to deliver the high quality education in the field of management.

 

 

 MUSOM proudly invites applications from all interested candidates who are eligible for enrolment in Fifth Batch (second shift) (2073) of Bachelor in Business Administration (BBA).

  • Eligibility: 10+2 in any discipline with a minimum of 45percent in aggregate or CGPA of 2.0 on the scale of 4.0, or Student who have passed 11 Class exam and waiting for 12 class result can also apply under provisional basis. 
  • Extended Last Date of Submission of Application form: 10th of September, 2016 (Bhadra 25, 2073).
  • Written Test: 16th of September, 2016 (Bhadra 31, 2073); Time 7.00 AM to 8.30 AM 
  • Interview: 18th of September, 2016 (Aswin 2, 2073); Time 7.00 AM to 10.30 AM 
  • Entrance Result Publication:  21st  of September, 2016 (Aswin 5, 2073); Time 7.00 AM  
  • Orientation Program: 26th of September, 2016, (Aswin 10, 2073); Time 7.00 AM  
  • Class Start: 11th of September, 2016 (Aswin 11, 2073);
  • Required Documents: Certificates of SLC, 10+2, or equivalent e. g A- Level
  • Application form is available at the Front Desk Office of MUSOM or which can be downloaded from official Website of Mid-Western University: www.mwu.edu.np and can be obtained after paying Rs. 500. For further information please visit the MUSOM office (from 6.00 AM to 6.00 PM) hour or personally contact the Program Coordinator, Program Director.

 

Office Contact Number: 083-525352

Program Coordinator (BBA): 9844912100

 

Program Director

Narayan Prasad Paudel, Ph. D 

MUSOM

Birendranagar 8, Ittram, Surkhet

 

Exam Notice

२०७३ भाद्र २१

मानविकी तथा सामाजिकशास्त्र संकायको परीक्षा सम्बन्धी सूचना

मध्यपश्चिमान्चल विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र स्नातक र स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टरको सत्रान्त परीक्षा सम्बन्धी सूचना 

Click Here See Routine
१९-०३-२०७३

शिक्षा विज्ञान संकायको परीक्षा सम्बन्धी सूचना

मध्यपश्चिमान्चल विश्वविद्यालय शिक्षा विज्ञान संकायको बी.एड. तेश्रो र सातौँ एम.एड. तेश्रो सेमेस्टरको परीक्षा सम्बन्धी सूचना !

Click Here See Routine

मध्यवर्ति परीक्षा (मिड टर्म) सम्बन्धी सूचना

मानविकी तथा सामाजिकशास्त्र संकायद्वारा प्रकाशित मध्यवर्ति परीक्षा (मिड टर्म) सम्बन्धी सूचना

Click Here See Routine

Result Publish

२०७३ असोज ११

बि.ई. प्रवेश परीक्षाको नतिजा तेस्रो सुची सम्बन्धमा

Click Here See

१०/६/२०७२

व्यवस्थापन संकायको परीक्षाफल प्रकाशित

Click Here See

२०७३ असोज ०४

बि.ई. प्रवेश परीक्षाको नतिजा दोस्रो सुची सम्बन्धमा

Click Here See

Our Publication


Our Composition

Testimonials

Copyright © 2015. All Rights Reserved.

Powered By Nepadristi

Trade Marks used in this website (other than Mid-Western
University and its Departments) belong to the respective owners.