Transforming Rural Nepal through Community Based Model of Higher Education.

logo
  • +977 83 525444

  • info@mwu.edu.np

  • Birendranagar-9, Naulapur,

  • Surkhet, Nepal

  • +977 83 525444

  • info@mwu.edu.np

  • Birendranagar-9, Naulapur,

  • Surkhet, Nepal

  • 08:00 - 16:30

  • Monday to Saturday

  • +977 83 525444

  • info@mwu.edu.np

  • Birendranagar-9, Naulapur,

  • Surkhet, Nepal

  • 08:00 - 16:30

  • Monday to Saturday

ह्याकअथन शुभारम्भ

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा युएसएआइडी अन्तर्गतको पानि परियोजनाले मंगलबारदेखि मोबाइल एप्स विकास गर्ने, सूचना प्रविधिको प्रयोग गरी चेतनामुलक गतिबिधिहरू संचालन गर्ने आदि जस्ता विषयमा ४ दिने कार्यशालाको उद्घाटन सुर्खेत जिल्लाका माननीय जिल्ला न्यायधिस कैलास सुवेदीले विश्वविद्यालयको केन्द्रीय क्याम्पसको सभाहलमा गर्नुभएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका सुवेदीले यस क्षेत्रको विकासको एक प्रमुख आधारको रुपमा रहेको विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै पानि परियाजना विश्वविद्यालयमा संचालन हुनु त्यसको एक दृष्टान्त भएको बताउनुभयो। त्यसै गरी युएसएआइडी अन्तर्गतको पानि परियोजनाका प्रमुख एलेन टर्नरले पानि परियोजना कर्णाली बेसिन रहेका क्षेत्रका जलाधार क्षेत्रमा पानी सम्बन्धी अध्ययन, अनुसन्धान र यसको उपयोग सम्बन्धमा काम गर्ने गरी पश्चिम क्षेत्रको एक बहुउपयोगी परियोजना भएको दाबि गर्नुभयो। उक्त उद्घाटन कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले पानी परियोजना विश्वविद्यालयको इन्जिनियरिङ संकायमा संचालनमा रहेको हाइड्रोपावर इन्जिनियरिङमा स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रम विकास, अध्ययन, अनुसन्धान र प्रकाशन, फ्याकल्टी र विद्यार्थीहरूको क्षमता अभिवृद्धि र विकास जस्ता पक्षमा केन्द्रित हुने बताउदै युएसएआइडीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयसँग सहकार्य गरेकोमा धन्यवाद समेत दिनुभयो। कार्यशालामा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लाका प्रनिधित्व गर्दै उपभोक्ता समुह, नेपाल बाताबरण पत्रकार महांसघ, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, पानी परियोजनाका प्रतिनिधि आदि गरेर १८० जनाको सहभागी रहेको विश्वविद्यालयका पानी परियोजना संयोजक मिलाप ढकालले जानकारी दिनुभयो। सचिवालय सदस्य यदु प्रसाद ज्ञवालीले सहजीकरण गर्नुभएको उक्त कार्यशालाको उद्घाटन समारोहमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, बिभिन्न सरकारी तथा गैर-सरकारी संघ/संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरू, विश्वविद्यालयका निकाय प्रमुख, शिक्षक, कर्मचारी, विद्यार्थी लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।