Transforming Rural Nepal through Community Based Model of Higher Education.

logo
  • +977 83 525444

  • info@mwu.edu.np

  • Birendranagar-9, Naulapur,

  • Surkhet, Nepal

  • +977 83 525444

  • info@mwu.edu.np

  • Birendranagar-9, Naulapur,

  • Surkhet, Nepal

  • 08:00 - 16:30

  • Monday to Saturday

  • +977 83 525444

  • info@mwu.edu.np

  • Birendranagar-9, Naulapur,

  • Surkhet, Nepal

  • 08:00 - 16:30

  • Monday to Saturday

सम्बन्ध विस्तारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा चिनियाँ भाषा अध्ययन हुने भएको छ । मप विश्वविद्यालयले चीनको नान्छाङ्गमा रहेको चीउ च्याङ विश्वविद्यालयको भगिनी संस्था ईष्ट चाईना यूनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा चिनियाँ भाषा अध्ययन सुरु गर्न लागेको हो ।दुबै विश्वविद्यालयबीच शुक्रबार भएको समझदारीपत्र (एमओयू) मा मप विश्वविद्यालयमा चिनियाँ भाषा अध्ययन केन्द्र स्थापना गर्ने, यसका लागि विज्ञ र प्राविधिक सहयोग उपलब्ध गराउने, विद्यार्थी, फ्याकेल्टी, बिशेषज्ञ आदान–प्रदान गर्ने उल्लेख छ। चीनको चिउ च्याङ विश्वविद्यालयका उपकुलपति प्रा.डा. छान र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाबीच भएको एमओयूमा संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन आदिको आयोजना गर्ने विषय पनि समेटिएका छन्।

समझदारीपत्रको हस्ताक्षरको साक्षीका रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल र डाक्टर्स इन्टरनेशनलका अध्यक्ष डा. रमेश आचार्य रहेका छन् । रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लका अनुसार छ महिनाभित्र चीउ च्याङ विश्वविद्यालयको भगिनी संस्था ईस्ट चाईना यूनिभर्सिटी अफ टेक्नोलोजीको सहयोगमा सुर्खेतमा चिनियाँ भाषा अध्ययन केन्द्र सञ्चालनको प्रक्रिया सुरु गरिने छ। यस्तै चिउ च्याङ विश्वविद्यालयका अध्यक्षसहितका पदाधिकारीहरुसँगको बैठकमा उपकुलपति प्रा.डा. कोइरालाले सुर्खेतमा तीन महिना अघि भएको समझदारीपत्र अनुसार मेडिकल कलेज र चिनियाँ भाषा अध्ययन केन्द्र स्थापनाको कामलाई द्रूततर गतिमा अघि बढाउन आग्रह गरेका थिए । छलफलमा चीउ च्याङ विश्वविद्यालयको आर्थिक र प्राविधिक सहयोगमा मेडिकल कलेज स्थापना गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने र दुई वर्षभित्रै काम सुरु गर्ने विषयमा सहमति भएको रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले जानकारी दिए। उपकुलपतिसहितको विश्वविद्यालयको भ्रमण टोलीले चीउ च्याङ विश्वविद्यालयको मेडिकल कलेजको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । सो क्रममा त्यहाँ अध्यमयनरत ३० जना नेपाली विद्यार्थीहरुसंग पनि छलफल भएको रजिष्ट्रार डा. मल्लले जानकारी दिए। उपकुलपति कोइराला, रजिष्ट्रार डा. मल्ल र डाक्टर्स इन्टरनेसनलका अध्यक्ष डा. रमेश आचार्यसहितको टोली चीनमा रहेका विभिन्न विश्वविद्यालयहरूसँग समझदारीपत्रमा हस्ताक्षर गर्न चीनको चीउ च्याङ विश्वविद्यालयको निमन्त्रणामा १० दिन लामो चीन भ्रमणमा रहेको छ।

6f4e9bc345f349e2ab429e1f2b87c4f1

5bd3f7e24dbf42c69b09bb94b9252cf8

3dc11b7c1ca24b699fdde7fa3b3cf855

3d2457e4a5a342c4bc52ef7fd166be60

dba62cea76984ea28d8323c8fcbf49d8-1

0f7b497725054024ad0048b6e16a72d3

2e8023737d944337a36be5124ca28905

45aa86fd428a484bbddd647215fab7e4

45c8a3567d324bfc9121319d45244d8d

630add106a324b3b8033b8f04b4c50ff

0718b459ab124f73a1db17de1ceca64c

869e3ae5395e48b0a20dab731aa82d76

951ba20b512d4ed7a736133d2ffb3de6

6006e75cfd7845c58a9dcf5865c840b3

41241c1b7b364ab0a49d2ecc3797cfc1

81341c0110634ef0a711f91ff4212fce

9703585eaa4847f2b277df3e912f60c0

b8b9173703104ec4916cb4c9a691f53d

b79f85f05615432c91849345d78608cb

dba62cea76984ea28d8323c8fcbf49d8-1

f75b5089f9d04e6bbe8e16f2965ef9bb

fab6209dccbe45bfaff3740f8984051f

ffaa73edb99446a4af0e5a16ae1373e2